दफा १०
सञ्चालकलाई हटाउन सकिने अवस्था
: देहायको अवस्थामा मनोनीत सञ्चालकहरूलाई नेपाल सरकारले र निर्वाचित सञ्चालकलाई साधारण सभामा उपस्थित शेयर
होल्डरहरूको बहुमतले हटाउन सक्नेछ ।
(क) दफा ९ मा उल्लिखित कुनै अयोग्यता भएमा, वा
(ख) समितिको अनुमति बिना समितिको बैठकमा लगातार ३ पटक भन्दा बढी अनुपस्थित भएमा र सो अनुपस्थितिको कारण मनोनीत सञ्चालक भए नेपाल सरकारको दृष्टिकोणबाट र निर्वाचित सञ्चालक भए साधारण सभाको दृष्टिकोणबाट बेमुनासिब देखिएमा, वा
(ग) दफा १६ उल्लंघन गरी संस्थानसँग भएको कुनै ठेक्का पट्टामा हिस्सेदार भएको प्रमाणित भएमा ।